हेयर स्टाइलिस्ट नीलडेभिडले विद्यालय जान नपाएका बालबालिकाको शिक्षामा लगानी गर्ने

३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रियरुपमा समेत ख्याती प्राप्त सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिब तथा असाहय बालबालिकाहरुलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
भ्यालेन्टाइन्स डे को अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटन समारोहमा हेयरस्टाइलिस कटवालले आजैका दिनदेखि आफ्नो सलूनमा केश कटिङ तथा सौन्दर्य सम्बन्धि प्रत्येक कार्यबाट संकलन भएको शूल्कमा कम्तिमा दश रुपैंयाँदेखि बढीमा पचास रुपैंयाँसम्म रकम छुट्याउने घोषणा गरे ।
‘त्यसरी छुट्याइएको रकमबाट गरिबीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको शिक्षामा लगानी गरिनेछ’, कटवालले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेनसमार्फत उक्त अभियानले देशव्यापी स्वरुप प्रदान गरिने जानकारी समेत दिएका छन् ।
भ्यालेन्टाइन्स डे को अवसर पारेर नीलडेभिडको नयाँ लाउञ्ज सलनू काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तल्लामा सञ्चालनमा आएको नीलडेभिड्स लाउञ्जको उद्घाटन विभिन्न विधामा विशिष्टता हासिल गरेका नारीहरुले संयुक्तरुपमा रिवन काट्दै गरेका छन् ।
महिला सशक्तिकरणलाई जोड दिने उद्देश्यले यो लाउञ्जको उद्घाटन सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका इन्दिरा जोशी, सञ्चारकर्मी तथा पूर्वमिस नेपाल सुगरिका केसी तथा सञ्चारकर्मी सोनिका रोकायाले संयुक्त रुपमा गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै माइती नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी अनुरोधा कोइरालाले नीलडेभिड कटवालले आफ्नो संस्थाका दुई दर्जनभन्दा बढी महिलाहरुलाई व्यूटिसियनको प्रशिक्षण दिएर रोजगारीसमेत दिइरहेकोमा धन्यवाद व्यक्त गरिन् ।
‘कपाल काटेको शुल्कबाट १०–१० रुपैंयाँ संकलन गरेर गरिब बालबालिकाहरुलाई पढाउने जुन योजना आज सार्वजनिक गरिएको छ, त्यो निकै उदाहरणीय छ, कोइरालाले नीलडेभिड आफैं आएर माइती नेपालका चेलीहरुलाई निःशुल्क प्रशिक्षण दिने र रोजगारी प्रदान गर्ने प्रस्ताव राखेको दिन आफूले कहिल्यै नबिर्सने बताइन् ।
‘ठूल्ठूला उद्योगपतिहरुले गर्नु पर्ने काम आज नीलडेभिडले गरेर देखाएका छन्ु, कोइरालाले भनिन् । समारोहमा सुगरिका केसी, इन्दिरा जोशी, सरिता लामिछाने लगायतले नीलडेभिड्ले महिला सशक्तिकरणलाई जोड दिएकोमा वधाई ज्ञापन गर्दै हरेक व्यक्तिको व्यक्तित्व निखार्न कटवालले दिएको योगदानको प्रशंसा गरे ।
नीलडेभिड कटवालले नेपालमै पहिलो पटक नङको सजावटलाई केन्द्रमा राख्दै यो लाउञ्ज सलून स्थापना गरेका हुन् । यसका साथै यो लाउञ्ज सलूनमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
यो सलूनमा दुई वटा प्राइभेट लाउञ्जको व्यवस्था गरिएको छ, जहाँ एउटामा सिंगल एपोन्टमेन्ट लिएर सुविधा लिन सकिन्छ भने दोस्रोमा जोडीले नै एकैपटक एपोन्टमेन्ट लिएर आफ्नो रोजाइ अनुसारको हेयर स्टायल बनाउन सक्नेछन् । यसका साथै यो लाउञ्जमा मेकअप स्टुडियो तथा एकेडेमीको सुविधाका साथै ब्राइडल मेकअप, पार्टि मेकअपसमेत बुक गर्न सकिनेछ ।
प्रतिक्रिया