निशाको निनिज बुटिकमा विष्णुको कैँची
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १७:१५:३४
३ फागुन, काठमाडौं । फेसन पारखीका लागि खुसीको खबर । फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याएकी छन् । जसले फेसन पारखीहरुको चाहना पूरा गर्नेछ ।
गणेशस्थान नजिकै सञ्चालनमा ल्याएको ‘निनिज् बुटिक’को शनिबार एक समारोहबीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी छन् । प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’को एक दिनअगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य डिजाइनर निशाले लिएकी छन् ।
‘फेसन डिजाइनरप्रति पहिलेबाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भनिन्, ‘तर, डिजाइनिङमा अलिक दक्ष भएरमात्रै खोलौँ भनेर बसेकी थिएँ । त्यसैले कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी हुँ ।’ बागबजारस्थित आईआईएफटी ‘स्कूल अफ फेसन’मा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले ‘निनिज् बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुन् । यसअघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन् ।
फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिज्को अर्थ पूपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज् राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन् । निनिज्ले पनि अरु बुटिकहरुजस्तै गाउन, सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उनको भनाइ छ । बुटिकले सर्वसुलभ मूल्यमा गुणास्तरिय पहिरन उपलब्ध गराउने निशाले बताइन् ।
बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले भनिन्, ‘यसरी बुटिकहरु खुल्दा खुसी लाग्छ ।’ आफू त्यतिधेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाइन् । निनिज बुटिकले नै तयार गरेको आफ्नो फेभरेट कलरको गाउनमा उपस्थित भएकी विष्णुले भनिन्, ‘म फेसनसम्बन्धी अलि फरक छु ।
मान्छेहरु फेसन भनेपछि ट्रेण्डलाई फलो गर्छन् । तर, म त्यो पक्षमा छैन ।’ ‘ब्ल्याक एण्ड ह्वाइट’ आफ्नो फेभराइट भएको भन्दै विष्णुले भनिन्, ‘हेर्दा नराम्रो देखिएपनि लगाएपछि सुहाउँछ भने मलाई मनपर्छ ।’ यसैबीच विष्णुले आफ्नो पेसाबारे भनिन्, ‘कोरोना संक्रमणका कारण सबै काम रोकिएको थियो । अब बल्ल नयाँ कामहरु सुरु गर्दैछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार