बिहिबार , फागुण १३, २०७७

ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन

ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन

३ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी  ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको हाे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय