इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेले विकास बैंकको लिस्टबाट अन्यमा सार्यो, शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि

३ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरिएको छ।
नेपाल स्टक एक्सचेञ्जले शुक्रबार बैंकलाई विकास बैंक उपसमूहमा सूचीकरण गरेपनि सोमबार उक्त क्याटगोरीबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरेको हो।
नेप्सेले इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहमा सूचीकरण गरेपछि सोमबार नेप्सेले बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा राखेको हो।
नेपाल स्टक एक्सचेञ्जले शुक्रबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता शेयर सूचीकृत गरेको छ। सो सँगै आइतबारबाट नेप्सेमा बैंकको शेयर कारोबार खुलेको छ।
आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया