सोमबार , फागुण १७, २०७७

विशाखा, अजय र अभीले माया गर्नु पर्दैन भनेपछि

विशाखा, अजय र अभीले माया गर्नु पर्दैन भनेपछि

२ फागुन, काठमाडौं । नव गायक राम श्रेष्ठले नयाँ गीत माया गर्नु पर्दैनको भिडियो दर्शकमाझ ल्याएका छन् । बियोगान्त भावको यो गीतलाई सुवर्ण कुमार श्रेष्ठले लेखेका हुन् । जसमा संगीत र भिडियो सम्पादन, छायाँकन पनि सुवर्ण कुमारकै रहेको छ ।

गायिका तथा मोडल विशाखा गिरीसँग यो भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्रिकोणात्मक प्रेम भावमा यो गीत तयार पारिएको छ । गीतको भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा एक युवतीको दुई युवासँग समानान्तर प्रेमले त्यसले निम्त्याएको समस्या देखाईएको छ ।

डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोले यतीबेला दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नवोदित गायक भए पनि रामको स्वर निकै मिठास छ । उनको गायन शैली कुनै व्यबसायिक गायक भन्दा कम छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय