लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १७:५८:२०
३ फागुन, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरूले आज सर्वोच्च अदालतमा लिखित जवाफ लिएर गएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्चमा पुगेका हुन् ।
पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन् । उनीहरुले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो ।
लिखित जवाफमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको भने अलि छुट्टै जवाफ र अन्य तीन पूर्वप्रधानन्यायाधीशको एकै किसिमको जवाफ रहेको छ । सस्तो लोकप्रियताका लागि कलुसित सोचबाट आफुहरूबिरुद्ध रिट दायर भएको पूर्वप्रधानन्यायाधीश शर्माको लिखित जवाफमा उल्लेख गरेको स्रोतले बताएको छ ।
आफु लोकतान्त्रिक पद्धति र स्वतन्त्र न्यायापालिका लागि ४३ वर्षभन्दा बढी कानुनी क्षेत्रमा पसिना बगाएको पूर्वप्रधानन्यायाधीश शर्माले उल्लेख गरेका छन् । निवेदकले झुटो दाबीसहित रिट दायर गरेकाले खारेज गर्न चार चार पूर्वप्रधानन्यायाधीशले माग गरेका छन् ।
सर्वोच्चमा मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ती निकालेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको धारणा सार्वजनिक गरेका थिए । अदालत शब्द समेत उल्लेख नगरी विज्ञप्ति जारी गरेका पूर्वप्रधानन्यायाधीशले अदालतको मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै केहीले आलोचना गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार