शुक्रबार , फागुण २१, २०७७

चारजना पूर्वप्रधानन्यायाधीशहरूद्धारा लिखित जवाफ पेश

चारजना पूर्वप्रधानन्यायाधीशहरूद्धारा लिखित जवाफ पेश

 ३ फागुन, काठमाडाैं । प्रधानन्यायधीशबाट सेवा निवृत्त भएपछि उनीहरुलाई सायद यस्तो अवस्थामा फेरि सर्वाेच्च अदालत परिसर आउनुपर्ला भन्ने लागेको थिएन । तर पूर्व प्रधानन्यायधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा , कल्याण श्रेष्ठ र सुशीला कार्कीले आज सर्वाेच्च परिसरमा पाइला टेक्दा मुद्धाको प्रतिवाद गर्न आउनुप¥यो ।

अदालतको अपहेलना सम्बन्धी मुद्धाको प्रतिवादी बनाइएका चारै जना पूर्व प्रधानन्यायधीशहरुले आज प्रतिउत्तरपत्र फिराएका छन्, त्यो पनि आफैं उपस्थित भएर । पूर्व प्रधानन्याधीश अनुपराज शर्माले एकल प्रतिउत्तरपत्र फिराएका छन् भने बाँकी तीनजनाले चाहिं संयुक्त रुपमा जवाफ फर्काएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

यस्तै अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो ।

sarbocha 3

अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्च अदालतले तामेलदार खटाएको थियो । तर अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् । तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय