दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १९:१०:५८
३ फागुन, सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको बताइएको समाचारमा जनाइएको छ । गएको २४ घन्टामा देखिएको यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ ।
योसँगै यहाँका संक्रमितहरुको संख्या ८३ हजार ८६९ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा एक सयजना जति संक्रमित थपिएका पनि बताइएको छ । उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ । यही नयाँ वर्षको क्रममा दक्षिण कोरियाका धेरै व्यक्तिमा संक्रमण भएको देखिएको छ ।
पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको बताइएको छ । यो मृत्युपछि यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ५२७ जना पुगेको बताइएको छ । शुरुमा यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको थियो । तर पछिल्ला महिनाहरुमा भने यहाँ स्वदेशमा पनि आन्तरिक रुपमा भाइरसका संक्रमितहरु बढेका बताइएको छ ।
यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर प्राप्त समाचार अनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको हो । दक्षिण कोरियाको सरकारका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका नागरिकको भाइरसका कारण संक्रमितहरु मध्ये १।८२ प्रतिशतको ज्यान गएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार