शुक्रबार , फागुण २१, २०७७

पुल्चोकबाट रुसमा चरेश पठाउने कार्यमा संलग्न व्यक्ति नियन्त्रणमा

पुल्चोकबाट रुसमा चरेश पठाउने कार्यमा संलग्न व्यक्ति नियन्त्रणमा

३ फागुन, काठमाडौं । नेपाल प्रहरीले नेपालबाट रुसमा चरेश पठाउने कार्यमा संलग्नलाई नियन्त्रणमा लिएको छ । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौं र पाउनेमा Gorbtchena, [Gorbacheva] Irina Nikolaevna,89, building4, Bulatnikovskaya str.,apt.45, Mscow उल्लेख गरी रुस पठाएको Metallic canisters भित्रबाट उक्त चरेश बरामद भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त घटनामा घटनामा Illegal Drug Trafficking and smuggling of drugs मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो ।उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय