भारतमा काेराेना संक्रमितको संख्या एक करोड नाघ्याे
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १९:३१:६
३ फागुन, नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर करिब ८३ लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।
यसैबीच, आइतबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन चार लाख ८६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।विश्वभर कोभिड–१९ बाट करिब १० करोड १९ लाख व्यक्ति संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ ।
संयुक्तराज्य अमेरिकामा चार लाख ९७ हजार, ब्राजिलमा दुई लाख ३९ हजार, मेक्सिकोमा एक लाख ७४ हजार, बेलायतमा एक लाख १७ हजार, इटालीमा ९३ हजार र फ्रान्समा ८१ हजारको मृत्यु भइसकेको छ ।कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार