
३ फागुन, एजेन्सी । पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे रोड्रिग्वेजले राजीनामा दिएकी छिन् । कोरोनाविरुद्धको खोप लगाएकै कारण उनले राजीनामा दिन परेको हो ।
देशमा कोरोनाविरुद्धको सरकारी खोप अभियान सन्चालन हुनुपूर्व नै उनले कोरोनाको खोप लगाएपछि पदबाट राजीनामा दिनुपरेको बीबीसीले जनाएको छ ।
देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो ।
उनले आइतबार आफूले सरकारी खोप अभियान सुरुवात हुन पहिल्यै कोरोना खोप लगाए स्वीकार गरेकी छिन् । उनले चीनको सिनोफार्मको खोप लगाएकी थिइन् ।
प्रतिक्रिया