
३ फागुन, एजेन्सी । बलिउडमा पछिल्लो समय केहि सेलेब्रीहरुको विवाह भइरहेका छ । यसैबीच बलिउडकी चर्चित अभिनेत्री दीया मिर्जाको पनि आज विवाह हुदैछ ।
भारतिय मिडियाका अनुसार उनी आज व्यापारी वैभव रेखीसँग विवाह बन्धनमा बाँधिनेछिन् । केही समयदेखि प्रेम सम्बन्ध रहेका दिनया र वैभवले कोरोना महामारीको समयमा सँगै समय बिताएका थिए ।
उनीहरुको विवाहमा केही साथिहरु र परिवारका सदस्यहरु सहभागी हुने बताइएको छ । दीयाको यो दोस्रो बिवाह हो । दियाको यसअघि सन् २०१४ मा साहिल सांगासँग विवाह भएको थियो । उनीहरु ११ बर्षपछि एक अर्काबाट अलग हुने निर्णय गरेका थिए ।
प्रतिक्रिया