प्रभु क्यापिटलले दियो शेयरबजार सम्बन्धी १ दिने आधारभूत तालिम
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १९:५७:२२
३ फागुन, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले २०७७ फाल्गुण १ गतेबाट वीरगञ्ज स्थित नेप्लिज योंग इन्टरप्रेनर्स फोरम (एनवाईइएफ), वीरगञ्ज च्याप्टरको सहकार्यमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष अरबिन्द अमात्यले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानी रहेको थियो । प्रमुख अतिथि टेमानीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहभागीहरुलाई शेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुको बारेमा जानकारी सहितको मन्तव्य राखे ।
कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक श्री दिनेश थकालीले कार्यक्रमको बारेमा प्रकाश पार्दै क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए ।
आयोजनाको सम्पूर्ण तयारी गरेको नेप्लिज योंग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिराख्ने जानकारी दिए । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार