
३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गरिरहदा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थीहरुले सरकारको प्रतिगमनविरूद्धमा नाटक गर्न लागेका हुन् ।
उनीहरुले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको छ । प्रहरीले हस्तक्षेप गरेपछि अहिले विद्यार्थीहरुले नाराबाजि गरिरहेका छन् ।
विद्यार्थीहरुले त्रिविको रेक्टर कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरुको पनि सहभागीता रहेको छ ।
प्रतिक्रिया