बिहिबार , फागुण १३, २०७७

पत्रकारद्धय कार्की र पन्त खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पत्रकारद्धय कार्की र पन्त खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत

३ फागुन, काठमाडौं । खोज पत्रकारितामा महत्वपूर्ण योगदान गरेको मुल्याङकन गर्दै नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्त पुरस्कृत हुने भएका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) द्धारा पत्रकारद्धय कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमितता सम्वन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दशैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानविन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न बाध्य भएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदकहरु मध्येबाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गरेको थियो ।सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि विभिन्न साप्ताहिक पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए । उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिर्पोटिङ गर्दै आएका छन् ।

गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारिताबाट करियर सुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउँदै आएका छन् । मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने सो संस्थाले जनाएको छ ।

इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय