शुक्रबार , फागुण १४, २०७७

स्पेनिस खेलाडी नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

स्पेनिस खेलाडी नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश

३ फागुन, मेलबोर्न । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए ।

महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ? नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो, आइतबार कति पुग्यो प्रतिशेयर मूल्य ? ५ दिन पहिले
इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेले विकास बैंकको लिस्टबाट अन्यमा सार्यो, शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेले विकास बैंकको लिस्टबाट अन्यमा सार्यो, शेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि २ हप्ता पहिले
तास खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ तास खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ ४ दिन पहिले
मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु ४ दिन पहिले
शेयरबजार राताम्य, निफ्राको शेयर १० प्रतिशतले घट्यो शेयरबजार राताम्य, निफ्राको शेयर १० प्रतिशतले घट्यो ३ दिन पहिले
भक्तपुरको नागरिक समाज संजालले दिएको ध्यानाकर्षण पत्रमा के छ ? भक्तपुरको नागरिक समाज संजालले दिएको ध्यानाकर्षण पत्रमा के छ ? ७ दिन पहिले
मध्यपहाडी क्षेत्रमा लागुऔषध कारोवारी पुनः सक्रिय, ६३ जना पक्राउ मध्यपहाडी क्षेत्रमा लागुऔषध कारोवारी पुनः सक्रिय, ६३ जना पक्राउ ४ हप्ता पहिले
निःशुल्क बाख्रा पाएपछि बिपन्न परिवारमा खुशीयाली निःशुल्क बाख्रा पाएपछि बिपन्न परिवारमा खुशीयाली १८ घण्टा पहिले