शुक्रबार , फागुण १४, २०७७

आज थप १२२ जनामा संक्रमणको पुष्टि

आज थप १२२ जनामा संक्रमणको पुष्टि

३ फागुन, काठमाडौं । नेपालमा सोमबार थप १२२ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

त्यस्तै संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार २०४ जनाले नेपालमा कोरोना जितेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल नेपालमा १५ सय ८१ जना आइशोलेशन र ७९ जना क्वारेन्टाइनमा छन् भने २१ लाख २० हजार ५९१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय