आइतबार , फागुण १६, २०७७

आक्रामक वृद्धि भएको आजको बजारमा के छन् आजका सकारात्मक पक्ष ?

आक्रामक वृद्धि भएको आजको बजारमा के छन् आजका सकारात्मक पक्ष ?

फाल्गुन ३, काठमाडाैं । केही समयको करेक्सन पश्चात आज बजार आक्रामक रुपमा वृद्धि भएको छ। दोश्रो बजारले आज निकै आकर्षक प्रवित्ति बनाएको छ । नेप्से परिसूचक ९२ दशमलव ४२ अंकले वृद्धि हुँदै २५८६ दशमवल ०१ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक ३ दशमलव ७१ प्रतिशतले वृद्धि भएकोमा १० अर्ब ३८ करोडको शेयर कारोवार भएको छ ।

लघुवित्त उपसुचकमा आज निकै राम्रो वृद्धि देखिएको छ। लघुवित्त कम्पनीहरुको आज सर्किट माथि सर्किट लागेको थियो । लघुवित्त उपसुचकमा ८ दशमलव ७४ प्रतिशतको वृद्धि देखिएको छ। सम्पूर्ण उपसुचकमा वृद्धि देखिएकोमा वाणिज्य बैंक उपसुचकमा पनि ३ प्रतिशत माथि वृद्धि देखिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दोश्रो बजार २५१७ को विन्दुमा खुलेकोमा २५८६ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २५३८ रहेको छ ।

Graph 2 15

बजार २५०० विन्दु माथि बन्द भए पश्चात केही करेक्सन देखिएको छ। जानकार अनुसार बजार अब ३००० को यात्रामा गएको बुझ्न सकिन्छ। करेक्सन हुँदै वृद्धि भएको बजार दिगो हुने र ३००० को यात्रा अघि बजारले करेक्सन पार गरेको छ। बजार वृद्धि भए संगै आज कारोवार रकम पनि वृद्धि भएको छ। यसलाई सकारात्मक मानिन्छ। त्यस्तै बजार बन्द हुँदा निकै आकर्षक ग्राफ बनाउदै बन्द भएको छ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

Turnovers 2 15

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

Loosers 2 15

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय