आइतबार , फागुण २३, २०७७

मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुने

मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुने

३ फागुन, काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस सुरु हुनेछ ।

यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो । नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ । यसअघि आइतबार र सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस भएको थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय