
३ फागुन, सुनसरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली महाराजा बन्न लालायित भएको बताएका छन् । कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता डा।कोइरालाले प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरे ।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भुमिका न्विाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आएको बताए ।
सरकारको असंवैधानिक कदमको विरुद्धमा आफुहरूले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरूलाई दबाब अथवा आग्रह नगरेको डा. कोइरालाको भनाइ थियो ।
प्रतिक्रिया