
४ फागुन, काठमाडौं । श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङ्गलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिएको छ । आजैका दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आज सरस्वती पूजाको दिन अक्षरारम्भ गरिए बालबालिकालाई पढ्न आउने, बुद्धिको विकास हुने जनविश्वास र।हेको छ ।
प्रतिक्रिया