मंगलबार , फागुण १८, २०७७

आश्रममा बोकेदार्हीले गरे ६० हजार बराबरको सामग्री हस्तान्तरण

आश्रममा बोकेदार्हीले गरे ६० हजार बराबरको सामग्री हस्तान्तरण

४ फागुन, ईटहरी । पुर्वका सम्राट उपनामले लोकप्रिय भएका श्रीकृष्ण लुइँटेल ‘बोके दार्ही’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । ईटहरीमा अवस्थित निस्शहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन् । प्रवाशी नेपालिहरुको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आश्मा पराजुलीले बताईन ।

आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवस्यक सामग्रीहरु बितरण गरिएको हो । उल्टो साईकल यात्री बिरेश प्रतिष्ठान तथा स्कोलोष्टिक फाउन्डेसन नेपालले प्रवासमा सहयोग संकलन कार्यमा संयोजन गरेका थिए भने नेपालमा आश्मासंगै नैनाले संयोजकत्व गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रवासबाट उठेको ६० हजार २ सय २८ रकमबाट आवस्यक सामग्री किनमेल गरेर बितरण तथा बाकी रहेको रकम आश्रमकी संचालिका गीता गौतमलाई लुइँटेलको हातबाट हस्तान्तरण गरिएको हो । लुइँटेलका फ्यानहरु रहेका साना नानिहरुसंग उनी रमाए भने उनले आफ्नो चर्चित गीत तेरो बाउ थोते, ए बा किन्देउन भटभटे र ओके छ त गीत गाएर सुनाउदा सबैजना संगसंगै गाउदै रमाईरहेका थिए ।

पुर्वमै रहेर कलाकारिता तथा कमेडी गायकिमा राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेका उनले नया गीत सार्बजनिक गर्ने तयारी गरेका छन् । सुनसरीको इटहरी-४, सयपत्री टोलमा रहेको निसहाय बालबालिका सेवा आश्रम अनाथ र असहाय बालाबालिकाहरुको सेवा गर्ने उद्देश्यले ०४१ सालमा आफ्नै प्रयास र लगानीमा आश्रम सञ्चालनमा ल्याएकी थिइन् । हाल आश्रममा ४५ जना बालबालिकाहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गुणस्तरीय सेवा दिदै पूर्वाञ्चल क्यान्सर अस्पताल गुणस्तरीय सेवा दिदै पूर्वाञ्चल क्यान्सर अस्पताल २३ घण्टा पहिले
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, मंगलबार बोलकबोल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, मंगलबार बोलकबोल २० घण्टा पहिले
ओरालो लागेको सुनको मूल्यमा आज वृद्धि ओरालो लागेको सुनको मूल्यमा आज वृद्धि २३ घण्टा पहिले
२७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी २७ वाणिज्य बैंकः एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब लगानी १८ घण्टा पहिले
जनप्रतिनिधिको लापरवाहीले निर्माणाधिन पुल चार वर्षदेखि अलपत्र जनप्रतिनिधिको लापरवाहीले निर्माणाधिन पुल चार वर्षदेखि अलपत्र १९ घण्टा पहिले
कैदीबन्दीबीच भएको झडप अध्ययन गर्न छानबिन समिति गठन कैदीबन्दीबीच भएको झडप अध्ययन गर्न छानबिन समिति गठन २० घण्टा पहिले
नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली १४ घण्टा पहिले
ओलीले पदबाट राजीनामा नदिने प्रष्ट : मन्त्री श्रेष्ठ ओलीले पदबाट राजीनामा नदिने प्रष्ट : मन्त्री श्रेष्ठ १५ घण्टा पहिले