आइतबार , फागुण २३, २०७७

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री पौडेलको संयोजकत्वमा समिति गठन

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री पौडेलको संयोजकत्वमा समिति गठन

४ फागुन, काठमाडौं । एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चार माध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मूल समारोह समितिको कार्यक्रमअनुसार फागुन ७ गते बिहान ७:३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्किएको झाँकीसहितको र्‍यालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले उल्लेख गरे । समारोह समितिलाई सहयोग पुर्‍याउन विभिन्न चार उपसमिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय