दाङ र बाँकेबाट लागूऔषधसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १८:४३:३९
४ फागुन, काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । दाङकाे घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट नियन्त्रित लागूऔषध ६ केजी १ सय ग्राम अफिम जस्तो देखिने पदार्थ सहित रोल्पा थवाङ गाउँपालिका-५ बस्ने ३८ वर्षीय प्रकाश घर्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर्तीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस्तै बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ ।
पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने २७ वर्षीया सृजना थापा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार