विद्यार्थीको रोजाइमा सगरमाथा इन्जिनीयरिङ कलेज
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १९:५:३
४ फागुन,काठमाडौं । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ ।
विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनीयरिङ विधाका विविध विषयमा अध्ययन गर्ने एवं अनुसन्धान गर्ने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ अध्ययन संस्थानद्वारा सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको थियो । शुरुआत वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थापना भएको एक दशक अवधिभित्रै कलेजले उल्लेख्य सफलता हासिल गरेको र इन्जिनीयरिङ अध्ययनका लागि निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमध्ये पहिलो नम्बरमा विद्यार्थीहरुको रोजाइमा परेको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य ई रमेश भने, “हालसम्म करीब ६०० विद्यार्थी अध्ययनरत यस कलेजबाट अध्ययनपुरा गरेका विद्यार्थीले बेरोजगार बस्नु परेको छैन । उनीहरु सरकारी÷गैरसरकारी निकायमा कार्यरत छन् । कोही विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् ।”
त्यस्तै विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ ।
प्राचार्य श्रेष्ठका अनुसार उक्त सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै विद्यार्थीहरुको व्यावसायिक क्षमता विकास तथा रोजगार निकायको मात्रा र आवश्यकता पहिचान गरी विद्यार्थीलाई आवश्यक रोजगार तथा सीपमूलक तालीम प्रदान गर्नु रहेको छ । प्राविधिक दक्षतका साथ विद्यार्थीलाई बोलीवचन, आफूले जानेका ज्ञानलाई सरल र सहजरुपमा प्रस्तुति, सामाजिकीकरण, आनीबानीमा सुधार ल्याउने विधि र पद्धति पनि सेन्टरमा प्रशिक्षित गराइने कलेजले बताएको छ ।
आवश्यक सम्पूर्ण पूर्वाधारसहितको आफ्नै भवन यथाशक्य छिटो निर्माण गरी कलेज सार्ने उद्देश्यले कलेजले लिएको छ । यसका लागि कलेजले छिट्टै आफ्नो नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार