के बैशाखमा चुनाव होला ?
कुसुम सेञ्चुरी
फागुन ४, २०७७ मंगलबार १९:२७:३५
समाचार टिप्पणी
४ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी ओलीको रटान छ– बैशाखमा चुनाव गराएरै छाड्छु । तर उनकै छायाँका रुपमा रहेको निर्वाचन आयोग भने ओलीको कुरा घाममा सुकाएर बसेको छ । चुनाव गर्नका लागि दलहरु सहभागी हुनैपर्छ । त्यसमा पनि पछिल्लो जनमतमा झण्डै ६४ प्रतिशत रहेको नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबिनाको चुनावको कल्पना नै गर्न सकिन्न । गएको पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सग्लो छैन । राजनीतिक रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकातिर छन् भने ओली अर्काे खेमाको नेतृत्व गर्छन् ।
दुबै पक्षको दाबा आफू आधिकारिक भन्नेछ । सोही बमोजिम दुबै पक्षको दावा आयोग समक्ष पुगेको छ । तर आयोग भने कुनै निर्णय दिने पक्षमा छैन । नियम कानून र परम्पराले प्रचण्ड–माधव नै आधिकारिक छन् । तर आयोगको मन चाहिं ओलीतिर छ । यस्तो विचित्रको अवस्थामा रहेको आयोगले बरु अनिर्णयको बन्दी बनेरै भएपनि ओली पक्षलाई बल पु¥याउने काम गरेको देखिन्छ ।
त्यसैले ओलीको कथनी र आयोगको करनीबीच तालमेल देखिंदैन । चुनाव ओलीले गर्ने की आयोगले ? आयोगले हो भने कुनै तयारी नै गरेको छैन । जबसम्म नेकपाको आधिकारिकता विवादको हल निस्कँदैन, निर्वाचन कसरी सम्भव होला ? आयोगको यो निस्कृयताले बैशाखमा चुनाव हुन गाह्रै पर्ने देखिन्छ । साथै, आयोगले नीच मार्नुका पछाडि ओलीकै मिलेमतो त छैन भन्ने आशंका समेत उब्जाइ दिएको छ ।
मुखले चुनाव गर्ने भनेपनि उनको भित्री इच्छा र चाहना चाहिं निरंकुशतन्त्र लाद्ने नै हो । नत्र अहिले उनले सामाजिक सञ्जाल नियन्त्रण गर्न निर्देशिका जारी गर्नुपर्ने थिएन । यस्तो अलोकप्रिय काम गर्न तम्सिने ओली सरकार चुनाव गर्न चाहने होला त ? पक्कै चाहँदैनन् । आफू पराजित हुने चुनाव ओलीले गराउलान् भन्ने सोच्नु नै मूर्खता हो ।
त्यही भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत हिजो बुटबलमा आयोजित एउटा कार्यक्रममा यो विषय उठाए । आयोग समक्ष दुबै पक्षका नेता गएर आधिकारिकताको दाबी गरेका छन् । यसबारे राम्रो छानविन गर्ने काम आयोगको हो । स्रोत भन्छ – अध्ययन भएको छ , निश्कर्ष पनि तयार छ, तर ओलीले आफू सूर्य चिह्नबाट मात्रै चुनाव लड्ने अडानमा छन्, त्यसैले निश्कर्ष दिन सकिएको छैन ।
बरु चुनाव चिह्न नै फ्रिज गर्ने मनस्थितिमा आयोग रहेको बुझ्न सकिन्छ । तर आयोगको यो निर्णय प्रचण्ड – माधप समूहले मान्ने अवस्था छैन् । यो समूहको सहभागिताबिनाको चुनाव राजा ज्ञानेन्द्रले गराएकै जस्तो मात्र हुने छ । प्रधानमन्त्री ओलीले साँच्चै चुनाव चाहेका भए आयोगले कार्यतालिका सार्वजनिक गरिसक्थ्यो । तर गरेको छैन् । किनभने आफू हार्ने निश्चित भएको चुनाव ओलीले गराउलान् भन्ने भ्रममा कोही पर्नु मूर्खता मात्रै हो ।
दुईतिहाई नजिक मत प्राप्त प्रतिनिधिसभा ओलीले हठात् विघटन गरे । जनता समक्ष उनी अब के भनेर जाने ? फेरि दुई तिहाई माग्ने ? ओलीलाई राम्रो थाहा छ, विभाजित रुपमा जाँदा आफ्नो के हविगत हुन्छ भनेर । भन्नलाई प्रचण्ड–माधव समूहबाट १० जनाले पनि नजित्ने ओली भन्छन् । तर चुनावमै गइयो भने उनकै हालत सबैभन्दा खस्किनेवाला छ । त्यसैले ओलीले चुनाव गर्नका लागि विघटन गरेकै होइनन् । साँच्चै गर्ने थिए भने आयोगले आधिकारिकता लगायत धेरै विषयमा अहिलेसम्म निकास दिइसक्थ्यो ।
आयोगले पछिल्लो अवस्थामा सर्वोच्चकै फैसला कुरेको देखिन्छ । नेकपाको किचलो मिलाउन अफ्ठेरो भएकाले आयोग पनि सकेसम्म पुनस्थापना नै भइदिए हुन्थ्यो भन्ने पक्षमा रहेको बुझिन्छ । त्यसैले उसको नजर सर्वाेच्चतिर तानिएको छ । कदाचित विघटन सदर भयो भने बैशाखमा निर्वाचन गराउने अवस्था छैन् । ओली पनि त्यही चाहन्छन् ।
संसद्मा गएर राजीनामा दिने वा नयाँ सरकार गठन गर्ने प्रकृयामा ओली सहभागी हुने सम्भावना देखिंदैन । बरु विभिन्न बहाना बनाएर भएपनि संकाटकाल लगाउने वा अरु विकल्पबाटै सत्ता लम्ब्याउने दाउ ओलीको रहेको बुझ्न सकिन्छ । त्यसैले वैशाखमा चुनाव हुने वा गर्ने सम्भावना कुनैपनि दृष्टिले पुष्टि गर्न सकिन्न ।
यो अवस्था आउनु भनेको देश एकपटक अँध्यारो सुरुङमा प्रवेश गर्नु नै हो । यसपछि के होला भन्ने अनुमान कसैले गर्न सक्दैन । ओलीको सत्तास्वार्थ र लहडले गर्दा विघटन गरिएको हो । उनलाई नै थाहा छैन्, अब के हुन्छ भनेर । मुखले चुनाव गर्ने भनेपनि उनको भित्री इच्छा र चाहना चाहिं निरंकुशतन्त्र लाद्ने नै हो । नत्र अहिले उनले सामाजिक सञ्जाल नियन्त्रण गर्न निर्देशिका जारी गर्नुपर्ने थिएन । यस्तो अलोकप्रिय काम गर्न तम्सिने ओली सरकार चुनाव गर्न चाहने होला त ? पक्कै चाहँदैनन् । आफू पराजित हुने चुनाव ओलीले गराउलान् भन्ने सोच्नु नै मूर्खता हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार