बिहिबार , फागुण २०, २०७७

प्रगतिवादी कवि शाक्यद्वारा लिखित ‘सम्बोधि’ सार्वजनिक

प्रगतिवादी कवि शाक्यद्वारा लिखित ‘सम्बोधि’ सार्वजनिक

४ फागुन,काठमाडौं । प्रगतिवादी कवि नरेश शाक्यद्वारा लिखित ‘सम्बोधि’ लघुकविता सङ्ग्रह सार्वजानिक भएको छ । नेपाल रुसी साहित्य र नेपाल रुसी विज्ञान प्रतिष्ठानद्वारा संयुक्त रुपमा हालै आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्रगतिवादी कवि एवं नाट्यसंगीतका प्राज्ञ मञ्जुलले कृतिको सार्वजानिक गर्दै कृतिले समसामयिक विषयलाई उजागर गरेको बताएका छन् ।

उनीहरुले लेखक शाक्यका साहित्यिक जीवन, दर्शन तथा साँस्कृतिक अभियानका रुपमा चर्चा गरेका थिए । वरिष्ठ कवि वैरागी जेठाले पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रा जंगव चौहानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रसियन कल्चरका उपमहार्निदेशक अलेक्सेइ कोतल्यारोभ, प्राडा हरिप्रसाद सिलवाल, साहित्यकारद्वय विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्य कवि शाक्यका कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय