२५ प्रतिशत धान उत्पादनमा वृद्धि
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २१:३४:३२
४ फागुन,मान्म । कालीकोटमा गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षमा मौसम राम्रो भएकाले धान उत्पादन २५ प्रतिशतले बढेको छ । कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले बताएका छन् । “धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा जिल्लाकै बढी धान उत्पादन भएको छ ।”
उनले भने,“चालू आर्थिक वर्षमा इतिहासकै बढी धान उत्पादन भएको हो ।”कालीकोटमा धान मात्र नभएर अन्य बाली पनि चालू आर्थिक वर्षमा ४०० मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख बस्नेतले बताएका छन् । कोरोना महामारीका कारणले विदेशवाट घर फर्केका बेरोजगार युवाका लागि ५० लाखसम्मको लागि कृषि व्यवसाय प्रर्वद्धन अन्तर्गत जिल्लामा तीन सय जनाको आवेदन परेको कार्यालय प्रमुख बस्नेतले बताएका छन् ।
उनका अनुसार पचास लाख बजेटमा तीन सय बेरोगारको दरखास्त परेकाले छनोटमा समस्या भएको र एक जनालई रु एक लाखसम्म बजेट पर्ने र तीन सय जनामा ५० जनासम्म छनोट गर्ने तयारी कार्यालयले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार