आफ्नै भवन बनाउदै चाँगुनारायण नगरपालिका
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २३:१०:३५
४ फागुन,भक्तपुर । चाँगुनारायण नगरपालिकाले रु ४१ करोडको लागतमा वडा नं ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न नयाँ भजन निर्माण गर्ने भएको छ । सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।
नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओइसी भवन, छ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर तथा नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल रु ४१ करोड ३४ लाख, २५ हजार ३७२ को लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन तीन हजार ६४० स्क्वायरफिटमा छ तलाको हुनेछ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले चाँगुनारायण नगरपालिकाभित्र जनताको जग्गा अधिग्रहण गरी निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित धेरै भवन अलपत्र र खाली रहेकाले तीमध्ये केही भवन नगरपालिकालाई दिएको भए राज्यको खर्च घट्न सक्ने बताएका छन् । उपयोग हुन नसकेका संरचनाको उपयोगमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँदै नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताएका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि रु ६० करोडको लागत घटाइएको बताउँदै आवास र अतिथिगृह भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण हुने बताए । निर्माण हुने भवनमा ५०० जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउँदै उनले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताए ।
ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥याङमा बसेरसमेत काम गर्नुपर्ने अवस्था आएको र तीन वटा भवन भाडामा लिनुपर्ने समस्या नयाँ भवन निर्मणसँगै हट्ने उहाँको भनाइ थियो । विद्युत् प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिबद्धता जनाए पनि प्राधिकरणले दिन नमानेपछि बाध्य भएर नयाँ भवन बनाउनुपरेको बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार