विघटनमा ओलीको बद्नियतः कार्की
नेपालबहस संवाददाता
फागुन ४, २०७७ बुधबार १:२:४९
४ फागुन, काठमाडौं । सर्वाेच्च अदालतमा एमिकस क्यूरीका रुपमा बहस गर्ने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले वर्तमान संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार भएको तर प्रधानमन्त्री केपीओलीले भने बद्नियतका साथ गरेको बताएका छन् ।
संवैधानिक इजलाशमा आज बहस गर्दै कार्कीले भने, संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको प्रष्ट्याउँदै त्यसका लागि धारा ८५ मा साइलेन्ट रुपमा व्यवस्था गरिएको दाबी गरे ।
धारा ७६ (१) को प्रधानमन्त्रीलाई विघटनको अधिकार भएपनि ओलीले भने पार्टीभित्रको झगडाका कारण विघटन गरेकाले उनको बद्नियत देखिएको उनको तर्क थियो । त्यसैले यो गलत काम भएको भन्दै वरिष्ठ अधिवक्ता कार्कीले संसद्प्रति उत्तरदायित्व वोध नगरेकाले सदर गर्न नपर्ने बताए ।
प्रधानमन्त्रीले पार्टी झगडा मिलाउन नसकेपछि संसद फेस गर्नुपथ्र्याे तर त्यसो नगरी विघटनको विकल्प रोज्नुका पछाडि सत्तालिप्सा देखिएको कार्कीले धारणा राखे ।
विघटनको विकल्पमा अर्काे सरकार बन्न सक्थ्यो वा सक्दैनथ्यो त्यसको परीक्षण हुनुपर्नेमा प्रधानमन्त्रीले हठात् विघटन गर्न हतारिनुका पछाडि बद्नियत देखिन्छ – कार्कीले भने – पार्टीले सहयोग नगरेको दोष प्रतिनिधिसभा माथि पोख्न मिल्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार