आजदेखि प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन गर्दै
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १३:५९:७
५ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्षरत नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को प्रचण्ड–माधव समूहले बुधबारदेखि सरकारविरुद्ध चौथो चरणको आन्दोलन सुरु गर्दै छ । प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलनअन्तर्गत बुधबारदेखि प्रदेश कमिटीहरुको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभालगायतका विरोध कार्यक्रम सुरु गर्न लागेको हो ।
यसअघिका काठमाडौं उपत्यकासहित केही ठूला शहरहरुलाई केन्द्रित गरेर तीन चरणका आन्दोलन सम्पन्न गरिसकेको प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलनअन्तर्गत फागुन १२ गतेसम्म जिल्ला स्तरीयविरोध प्रदर्शन, सभालगायतका विरोध कार्यक्रमहरु गर्ने बताइएको छ ।
प्रचण्ड–नेपाल समूहले बिहीबार प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुंडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गर्ने भएको छ । टुंडिखेलमा फागुन ६ गते अपरान्ह ४ बजेबाट बेलुकी ५ बजेसम्म मानव साङ्लो बनाएर प्रदर्शन गरिने छ ।
प्रचण्ड–माधव समूहले फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गरेर फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने भएको छ । यस्तै फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने प्रचण्ड–माधव समूहको तयारी छ ।
उक्त अन्तरक्रियामा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक दल र बुद्धिजीवीहरुलाई सहभागी गराइने सहसंयोजक भट्टराईले जानकारी दिए । पार्टीका बुद्धिजीवी र पेशागत संगठनहरुको आयोजनामा अन्तरक्रिया हुने उनको भनाइ छ ।
प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारविरुद्ध प्रचण्ड–माधव समूहले फागुन ९ गते देशव्यापी रुपमा महिलाहरूको विरोध प्रदर्शन गर्ने भएको छ । यस्तै फागुन १० गते काठमाडौ उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम गर्ने उक्त समूहको तयारी छ ।
फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम गरेर प्रचण्ड–माधव समूहले फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएको छ ।
प्रचण्ड–नेपाल समूहले फागुन १४ गते काठमाडौमा युवा ¥याली र १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार