एआईजी पोखरेलकाे गुटिया सेटिङ, ठेक्कापट्टामा हस्तक्षेप !
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बिहिबार १:३८:९
५ फागुन, काठमाडौं । भावी आईजीपीका रुपमा चिनिएका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल यतिबेला अपराध अनुसन्धान विभागको प्रमुख रहेका छन् । प्रहरीको महत्वपूर्ण विभागको रुपमा रहेको अपराध अनुसन्धान विभागलाई हाँक्ने जिम्मेवारी पाएका एआईजी पोखरेलले हेर्ने विभाग आईजीपीपछिको विभाग हो ।
इन्टरपोल, मानव वेचविखन, लागुऔषध, साइवर व्यूरो तथा महिला बालबालिका व्यूरो जस्ता निकायहरु सो विभाग अन्तरगत रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखामा पनि सो विभागको हलुका छायाँ पर्ने गरेको छ । अबको एक वर्षपछि आईजीपी हुने लाइनमा रहेका एआईजी पोखरेलले आफू मातहतका निकायलाई आईजीपीको भन्दा बढी हस्तक्षेप गर्न थालेकाे गुनासाे बढ्न थालेकाे छ ।
खासगरी अहिले निर्वाचन हेर्ने गरी मुख्यालयले उनलाई जिम्मा दिएकाले पनि एआईजी पोखरेलको हस्तक्षेपकारी भूमिका बढ्दै गएको हो । निर्वाचनका लागि बजेटसमेत ठूलो अंकमा निकासा गर्न सकिने र त्यसको बाँडफाँट आफ्नो तजबिजमा गर्न सकिने भएकाले उनले रोजेरै त्यो जिम्मा लिएपछि उनले आफ्नो चुरीफूरी बढाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी अधिकृतहरुको सरुवामा समेत उनले आफै हात हाल्न थालेका छन् ‘ एआईजी पोखरेल यति धेरै हाबी छन् कि सानो–सानो सरुवा बढुवा पनि आईजी थापाले गर्न सक्दैनन्’, स्रोतले भन्यो । अबको एक वर्षपछि आफूले नै चलाउने हो भन्दै आईजीपी थापालाई भूमिकाविहीन पारेर अहिलेदेखि नै एआईजी पोखरेलले आफ्नो गुटिया सेटिङ थालेको स्रोतको दावी छ । पछिल्लो समय आफैं छायाँ आईजीपी हो भन्दै उनले प्रहरीको ठेक्कापट्टामा समेत हस्तक्षेप गर्न थालेकाे बताइएकाे छ ।
पछिल्लो समय निर्माण हेर्ने प्राविधिक निर्देशनालयमा हुने कमिशनको चलखेलका कारण भवनहरू भत्कने, बिग्रनेजस्ता समस्या आउने गरेका छन् । नेपाल सरकारले दिएको बजेटबाट नेपाल प्रहरीका धेरै भवन निर्माण भइरहेका छन् । प्रहरीका भवन निर्माणका लागि करिब १ अर्ब रुपैयाँ बजेट निर्माणमा छुट्याइएको छ ।
बजेटको ठूलो हिस्सा लुम्बिनी प्रदेशमा परेको छ । त्यहाँको बजेट परिचालनको जिम्मा इन्जिनियर सुमन दाहालले पाएका छन् । उनी प्रहरी निरीक्षक हुन् । तर, विश्वराज पोखरेलले नै त्यहाँ पनि हस्तक्षेप गरी काम जस्तोसुकै होस्, माथिसमेत बुझाउनुपर्ने हुनाले कमिशन राम्रै मिलाउनुपर्छ भन्दै अनियमितता गरेको बताइएको छ ।
एआईजी पोखरेलले जहाँ सबैभन्दा बढी प्रहरीका भवन निर्माणमा अनियमितताका कुरा सार्वजनिक भएका छन्, त्यहाँ उनकै हस्तक्षेप चल्ने गरेको प्रहरी स्रोतले दावी गरेकाे छ । एआईजी पोखरेलकै योजनामा सिनियर एसपीहरूले भनेजति कमिशन नदिएपछि जुनियर ओभरसियरहरूलाई प्रदेशमा निर्माण हेर्न खटाउने गरिएको दावी स्रोतकाे छ ।
निर्माण, खरिदको र ठेक्काको काम प्रबन्ध शाखाको हुने भएपनि पोखरेलले डीआईजी पुरुषोत्तम कंडेल र एसपी प्रेम बस्न्यातलाई हातमा लिएर उनी आफै सेटिङ थालेका हुन् । तर उनको हस्तक्षेपको विषयमा डीआईजी कंडेलले आईजीपी शैलेश थापालाई उजुरी गर्ने गरेकाे बताइएकाे छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार