बिहिबार , फागुण २०, २०७७

आईएमई जनरल इन्स्योरेन्सकाे लाभांश घोषणा

आईएमई जनरल इन्स्योरेन्सकाे लाभांश घोषणा

५ फागुन, काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो ।

फागुन ४ गते बसेको कम्पनी सञ्चालक समितिको गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर वापत ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ६/३१ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गरेको हो ।

jounral

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय