विघटनको अधिकार छैनः वरिष्ठ अधिवक्ता खरेल
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २१:८:३५
५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सुनुवाईमा जुटेको सर्वाेच्च अदालतको संवैधानिक इजलाशमा जारी एमिकस क्यूरी ( अदालतका सहयोगी )ले समेत पुनस्थापनाकै पक्षमा बहस गरेका छन् ।
हिजोबाट सुरु भएको एमिकस क्यूरीको बहसको निचोड विघटनको विरुद्ध नै केन्द्रित देखिएको छ । आज बहस गर्ने वरिष्ठ अधिवक्ता शतीशकृष्ण खरेलले त संविधानको कुनैपनि धाराले विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको जिकीर गरे ।
प्रधानमन्त्रीले संसदीय प्रणाली नै ध्वस्त गर्न लागेका बेला सर्वाेच्च अदालतले जोगाउनुपर्ने धारणा उनले राखे । प्रणालीलाई अझै कमजोर बनाउने हो भने मात्रै इजलाशले गलत कामलाई सदर गर्नुपर्छ , अन्यथा फेरि प्रकृया र प्रणाली पुनस्थापित गर्न विघटन बदर गर्नुको विकल्प छैन–वरिष्ठ अधिवक्ता खरेलले भने ।
हाम्रो संविधानले प्रधानमन्त्रीलाई कुनैपनि विशेषाधिकार दिएको छैन भन्दै उनले नेपालमा संसदीय भन्दा संवैधानिक सर्वाेच्चतालाई स्वीकार गरिएकाले पनि अदालतले गल्ती सुधार गर्न सक्नुपर्ने बताए ।
यसअघि हिजोको बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने तर ओलीले गरेको विघटन चाहिं बद्नियतले गरिएको भन्दै बदर गर्न माग सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार