सोमबार , फागुण २४, २०७७

कोरोनाले संकटमा पारेको टाँगा व्यवसाय

कोरोनाले संकटमा पारेको टाँगा व्यवसाय

५ फागुन,बाँके । परम्परागत रुपमा टाँगा चलाएर जीविका चलाइरहेका बासिन्दा यतिबेला परिवार पाल्न समस्यामा परेका छन् । बर्दियाको गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्न नपाएपछि परिवार पाल्ने कि टाँगा तान्ने घोडा पान्ने उनीहरुलाई समस्या परेको छ ।

गत चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएदेखि हालसम्म बर्दियासँगै जोडिएको भारतीय सीमामा पर्ने मूर्तिहा नाका सञ्चालनमा नआएपछि ४२ टाँगा चालक बेरोजगार भएका छन् । बेरोजगार भएसँगै मूर्तिहा नाकासम्म टाँगा चलाउन पाउनुपर्ने भन्दै उनीहरु प्रशासन कार्यालय बर्दियामा पुगेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

टाँगा व्यवसायीमै भर परेका उनीहरु पेशा गरेर खान नपाएपछि दैनिकी कष्टकर बन्दै गएको छ । नाका सञ्चालन नभएकै कारण गरीब टाँगा व्यवसायीको परिवारमा समस्या आएको उनीहरुको पीडा छ । उद्योग बजार यातायातलगायत सञ्चालनमा आएपछि सीमामा वारपार गर्नेलाई मात्रै रोक लगाइएको छ । बन्दाबन्दीका बेला पनि कसैसँग सहयोग नपाएको उनीहरुले गुनासो गरेका छन् ।

गुलरियादेखि भारतीय सीमा नाका मूर्तिहासम्म टाँगा सञ्चालन गर्ने उनीहरु बेरोजगार भएसँगै परिवार पाल्न कठीन भएकाले टाँगा सञ्चालनको अनुमतिका लागि पहल गरिदिन माग गरेका छन् । सरकारले बन्दाबन्दी हटाए पनि टाँगा व्यवसायीले भने आफ्नो व्यवसाय गरेर खान नपाएको अवस्था छ । विपन्न वर्गका आफू जस्ता ४२ जना टाँगा व्यवसायीको स्थिति गम्भीर बन्दै गइरहेको रामबहादुर खटिकले गुनासो गरेका छन् । उनीहरु गुलरिया नगरपालिकामा बासोबास गरी परम्परागत रुपमा पूखौंदेखि टाँगा चलाई पेट पाल्दै आएका छन् ।

गुलरियास्थित सुरजपुरसम्म मात्रै टाँगा सञ्चालन गर्न दिइएको भए पनि यात्रु पाउन कठिन छ । मूर्तिहा नाकासम्मै टाँगा सञ्चालन गर्नका लागि व्यवसायीले माग गरेअनुसार बर्दिया जिल्ला प्रशासनले नेपाल सरकारसँग समन्वय गरी सहजीकरणका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक १४ घण्टा पहिले
ग्रामीण पर्यटन प्रर्वद्धनका लागि होमस्टे सञ्चालन ग्रामीण पर्यटन प्रर्वद्धनका लागि होमस्टे सञ्चालन १५ घण्टा पहिले
पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै १७ घण्टा पहिले
‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक १४ घण्टा पहिले
आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने १७ घण्टा पहिले
सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु ९ घण्टा पहिले
सभामुखबाट परामर्श नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि सभामुखबाट परामर्श नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि ५ घण्टा पहिले
ज्योति लाइफको आईपीओमा १० लाख बढिले दिए आवेदन ज्योति लाइफको आईपीओमा १० लाख बढिले दिए आवेदन ११ घण्टा पहिले