विघटन संवैधानिक : वरिष्ठ अधिवक्ता मैनाली
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २२:३४:२५
५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सर्वाेच्च अदालतमा जारी सुनुवाईको क्रममा अहिले अदालतका सहयोगीका रुपमा वरिष्ठ कानून व्यवसायीहरुले आफ्नो धारणा राखीरहेका छन् । यतिबेला तेस्रो सहयोगीका रुपमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले आफ्ना सुझाव दिइरहेका छन् ।
उनको तर्क छ–संसदीय अभ्यास भएका मुलुकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने गर्छ । सोही बमोजिम प्रधानमन्त्री केपी ओलीलेसमेत विघटन गरेकाले यसलाई सदर गर्नुको विकल्प नहुने उनको तर्क रहेको छ । संसद्मा वहुमत रहेको प्रधानमन्त्रीले काम गर्न नपाएकाले नै विघटन गर्नुपरेको उनले बताए ।
६४ प्रतिसत समर्थन रहेको प्रधानमन्त्रीले वैकल्पिक सरकार बन्छ भनेर कसरी मान्ने , बरु ताजा जनादेश लिनका लागि जनता बीच जाने निर्णय नै लोकतान्त्रिक र संविधानको मर्म र भावना अनुकुल भएकाले विघटन गर्नुपरेको उनले बताए । आधिकारिक रुपमा एउटै मात्र पार्टी नेकपा रहेकाले त्यसले विकल्प दिने कुरा मान्न नसकिने भन्दै उनले सर्वाेच्चले विघटनलाई सदर गर्नुपर्ने धारणा राखे ।
मैनालीले पटक पटक अन्तराष्ट्रिय अभ्यास भन्न थालेपछि न्यायधीश सपना मल्ल प्रधानले प्रश्न गरिन्– हामीले संविधानको अक्षर र भाषा हेर्ने की अन्तराष्ट्रिय अभ्यास ? जवाफमा मैनालीले प्रधानमन्त्रीलाई असहयोग गर्ने पार्टी र संसद् भंग गर्न सक्ने अभ्यास अन्यत्रपनि रहेको उदाहरण दिन खोजे । वहस जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार