सोमबार , बैसाख ६, २०७८

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । अपराह्न तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे विस्तृतमा छलफल हुनेछ ।

कांग्रेसले १४औँ महाधिवेशन २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । यस्तै आजको बैठकमा संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम के हुने भन्नेबारे पनि छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ ।

संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल जारी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय