सोमबार , बैसाख ६, २०७८

नेपाली सेना एशियाकै पुरानो सेना: अमेरिकी राजदुत र्‍यान्डी बेरी

नेपाली सेना एशियाकै पुरानो सेना: अमेरिकी राजदुत र्‍यान्डी बेरी

६ फागुन, काठमाडौं । फागुनको ४ गते नेपाली सेनाका लागि सम्बोधन गर्दै थिए –नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरी । नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सैनिक सामू उनको सम्बोधन नेपाली सेनाका लागि महत्वपूर्ण थियो ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली सेनालाई एशियाकै पुरानो सेना भएको बताएका मात्र थिएनन्, उनले नेपाली सेनाको ऐतिहासिक वर्णन समेत गरे । कुनै पनि विदेशी कुटनीतिज्ञले नेपाली सेनालाई यसको प्राचीन ऐतिहासिकतालाई उल्लेख गर्दै पहिचान दिएको यो पहिलो अवसर हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाली सेनाको स्टाफ कलेज शिवपुरीमा विभिन्न ६ देशका सेनाका अधिकृतहरुलाई सम्वोधन गर्दै उनले नेपाली सेनाको ऐतिहासिक पक्षबारे बोल्ने क्रममा यस्तो धारणा राखेका हुन् । अमेरिकाजस्तो शक्ति राष्ट्रले पहिलोपल्ट नेपाली सेनको ऐतिहासिकताबारे यस्तो टिप्पणी गर्दै नेपाली सेनाप्रति उच्चसम्मान प्रकट गरेको हो ।

ऐतिहासिक तथ्यहरुका अनुसार, अमेरिकी सेनाको इतिहास सन् १७७५ देखि शुरु हुन्छ भने नेपाली सेना सन् १७४४ देखियता लगातार अविछिन्न रुपमा कार्यरत रहेको छ । यस हिसाबले अमेरिकी सेना नेपाली सेनाभन्दा ३१ वर्षले कान्छो रहेकाे छ ।

सरस्वती पूजाकै दिन फागुन ४ गते मंगलबार स्टाफ कलेज शिवपुरीमा अतिथि वक्ताका रुपमा राजदूत बेरीले भने, ‘नेपाली सेना एशियाको र संसारभरिकै पुरानोमध्येको सेना हो । यसले लामो गौरवगाथा बोकेको र देशको एकीकरणमा उल्लेख्य योगदान दिएको इतिहासमा उल्लेख पाएको छु ।’

‘नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा व्यवसायिक सेनाका रुपमा परिचय दिन सफल भएको छ,’ अमेरिकी राजदूत ¥याण्डी बेरीले भने, राष्ट्रसंघीय शान्ति सेनाका रुपमा दशकौं खटेर अन्तर्राष्ट्रिय शान्ति कायम गर्न ठूलो योगदान दिएको छ ।’ नेपाली सेना र यसको स्वदेशभित्रको भूमिका र विदेशमा शान्ति कायम गर्ने सन्दर्भमा खेलेको भूमिकाबारे अमेरिकाले यसरी पहिलोपल्ट खुलस्तरुपमा प्रशंसा गरेको हो ।

राजदूत बेरीले नेपाललाई एउटा अनुपम देश भन्दै यस्तो देशको सेना हुन पाउनु त्यहाँ काम गर्नेहरुका लागि गर्वको विषय भन्दै स्टाफ कलेजमा अध्ययनरत सैनिक अधिकृतहरुको मनोबल बढाएका थिए । उनले नेपाली सेना विश्वकै एउटा साहसीमध्येको सेना भएको बताएका थिए । बोल्नेक्रममा उनले प्रकृतिको संरक्षण र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाको पनि  मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय