बिहिबार , बैसाख २, २०७८

अलिफको ‘छुँदिन म जाले रुमाल’

अलिफको ‘छुँदिन म जाले रुमाल’

६ फागुन, काठमाडौं । अलिफ खानको ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक भएको छ । संगीतकार अर्जुन पोखरेलसँग सहकार्य अलिफले बजारमा लिएर आएका हुन् । नारायण काइलोको शब्द, अर्जुन पोखरेलको संगीत र अलिफ खानको स्वरमा यो गीत तयार भएको हो ।

गीतको भिडियोमा इन्जामम अली खान र श्रेया सिटौलाले अभिनय गरेका छन् । भिडियोमा निर्देशक विधान कार्कीले गायक अलिफलाई पनि प्रशस्त स्थान दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विकास दाहालको सम्पादनमा तयार भएको यो भिडियोमा उत्सव दाहालको छायांकन छ । यो गीतको भिडियो सार्वजनिक भएको ४ दिन भयो । ४ दिनमा गीतको भिडियोलाई ३ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ । दर्शकले गीतमा अलिफको स्वरको तारिफ गरेका छन् ।

यो गीत सार्वजनिक भएको ४ दिनसम्म हेर्दा, औषत नै चलिरहेको छ । तर, गीत विस्तारै दर्शकको मनमा बस्ने विश्वास यसका संगीतकार अर्जुन पोखरेलले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय