विभिन्न जिल्लामा आगलागी हुँदा धनमाल जलेर नष्ट
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:३८:४७
६ फागुन, काठमाडौं । लमजुङ, पर्सा र ताप्लेजुङमा आगलागी हुादा विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लमजुङ, दोर्दी गाउँपालिका-८ खिम चोक बस्ने ५६ वर्षीय रन बहादुर तामाङको घरमा भान्छाबाट बुधबार दिउँसो आगलागी हुँदा घर जलेर करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
यस्तै, पर्साको वीरगंज महानगरपालिका-२ ईदगाहा चोक बस्ने भारत घर भएका कमरुल हसनको कवाडी गोदाममा बुधबार साँझ आगलागी हुँदा गोदाममा रहेको कवाडी जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
उता ताप्लेजुङको पाथिभरा याङवरका गाउँपालिका-१ स्थित त्रिवेणी सामुदायिक वनमा बुधबार बेलुका आगलागी भएको छ । आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीद्वारा दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार