बझाङमा स्थानीय तहहरुको हिउँदे अधिवेशन शुरु
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:४३:५८
६ फागुन,बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् ।
दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको बताएका छन् । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उनले बताए ।
यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिएका छन् । उनले भने, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उनले बताए । उनले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको बताएका छन् । यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार