
६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेमा आपत्तिजनक भएको बताएका छन् ।
बिहीबार अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत पुगेका ओलीले अदालतको अवहेलना आफूले कहिल्यै नगरेको बताएका हुन् । मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गरेका थिए । सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।
हेर्नुहोस् प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेश गरेको जवाफ
प्रतिक्रिया