
६ फागुन,काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको फागुन ९ देखि हुने बताएको छ । काउन्सिलले परिक्षा मिति सार्वजनिक गर्दै फागुन ९, १० र ११ गते परिक्षा हुने जानकारी दिएको हो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षाा फागुन ११ गते हुने छ । दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबीबीएस र २ सय १० जना बीडीएसका परीक्षार्थी सहभागी हुने छन् ।
प्रतिक्रिया