पहिलो सेनापति शिवरामसिंहको २७५औँ पुण्यतिथि
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १९:२७:२३
६ फागुन,काठमाडौं । नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवरामसिंह बस्न्यातको २७५औँ पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित साँगाचोकमा उनको योगदानको स्मरण गरिएको छ ।
श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष नीरञ्जनमानसिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवरामसिंह बस्न्यातको शालिक निर्माण, स्मारिका प्रकाशन र प्रवुद्ध व्यक्तिको बैठक गर्ने घोषणा गरे ।
बस्न्यातका माहिला छोरा केयरसिंह बस्न्यातका जेठा छोरा जहरसिंह बस्न्यातले पाटी बनाएकाले सो ठाउँको नाम जहरसिंह पौवा रहन गएको हो । विसं २०१४ सम्म सो पाटीमा बस्न्यात समाजले श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन भण्डारा लगाउने गरिएको थियो । पछि पाटी मासिएपछि यस परम्परा अन्त्य भएको समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जानकारी दिएका छन् ।
तिब्बतसम्म पैदल जाने यो मार्गमा हिँड्नेलाई बस्न सजिलो होस् भनी पाटी निर्माण गरिएको हो । कार्यक्रममा समाजका सदस्य शेखरसिंह, पृथ्वीमानसिंह र भोलामानसिंह बस्न्यातले राष्ट्रिय एकीकरण, पृथ्वीनारायण शाह र शिवरामसिंहको भूमिकाबारे प्रकाश पारेका थिए । वडावीर शिवरामसिंहले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात् आजभन्दा २७५ वर्ष अघि एकीकरण अभियानको सिलसिलामा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए । हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणमासमेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरेको छ ।
सेनापति शिवरामसिंह बस्न्यात नेपाल एकीकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति थिए । शिवरामसिंहको लडाइँमा भएको मृत्यु पश्चात उनकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरु लिएर गोरखा दरबारमा राजा पृथ्वीनारायण शाहलाई भेटी “बाघ त गोरखाको लागि मरिहाले, यी चार डमरुले पछि गोरखाको लागि काम गर्नेछन्” भनी भनेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
पछि उनीजत्तिकै सक्षम र इमान्दार उनका चार छोरा क्रमशः काजी नाहरसिंह बस्न्यात, काजी केहरसिंह बस्न्यात, काजी अभीमानसिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वीनारायण शाहको मरवट नीतिअनुरुप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न निकै महत्वपूर्ण योगदान दिएको नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ ।
नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारमा एक महत्वपूर्ण भारदार सेनापति बडावीर शिवरामसिंह वस्न्यात हुन् । राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधार गर्न सेनापती बडावीर शिवरामसिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको विवाह काजी कालु पाण्डेको छोरी चित्रादेवी पाण्डेसँग गराइदिएको भनाइ छ ।
नेपाल एकीकरण गर्न “बस्न्यातको तरवार र पाण्डेको ढाल” भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ । वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकीकरणका लागि आहुती गरेको इतिहासमा पाइन्छ । गोरखाका राजा पृथ्वीनारायण शाह र उनका अनुयायीको अथक परिश्रमबाट नेपालको एकीकरण अभियान सञ्चालन भई नेपाल निर्माण भएको हो ।
डा नीरञ्जनमानसिंह बस्नेतले हालै “ए सर्ट बायोग्राफी अफ किङ पृथ्वीनारायण शाह आएण्ड हिज काउन्सिल टु द पिपुल अफ नेपाल” नामक पुस्तक अङ्गेजी, फ्रेन्च र स्पेनिस भाषामासमेत प्रकाशन गरी पृथ्वीनारायण शाह, नेपालको एकीकरण र उहाँको दिव्य उपदेशबारे अन्तर्राष्ट्रियकरण गर्न सफल भएका छन् ।
हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणामासमेत जहरसिंह पौवा क्षेत्रलाई समावेश गरी कामको थालनी गरेको छ । राष्ट्र निर्माणमा अति महत्वपूर्ण भूमिका खेलेका यस्ता वीर पुरुष तथा महिलाको उच्च सम्मान हुनुपर्ने प्रतिष्ठानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार