आदित्यध्वज जोशी स्मृति पुरस्कार सन्याल र श्रेष्ठलाई
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २२:३:७
६ फागुन,काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका कार्यकारी सम्पादक (अङ्ग्रेजी प्रमुख) दीपराज सन्याल तथा उपव्यवस्थापक राजेशकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
सन्याल २०५४ र श्रेष्ठ २०५० सालदेखि राससमा प्रवेश गरेका हुन् । सङ्गठनको बिहीबार बसेको बैठकले यही फागुन ७ गते आयोजना हुने राससको ६०औँ वार्षिकोत्सवका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले बताएका छन् । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।
हाल जोशी सपिङ सेन्टर रहेको नयाँसडकस्थित पूर्वव्यवस्थापक आदित्यध्वज जोशीको घरबाट विसं २०१८ फागुन ७ देखि राससको कार्यप्रारम्भ भएको थियो ।
राससका पूर्वव्यवस्थापक जोशीको नामबाट विसं २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य, तीर्थप्रसाद भट्टराई, रामलाल श्रेष्ठ, विष्णुप्रसाद लामिछाने र हरि बाँस्तोला सम्मानित भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार