गाउँपालिकामै लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन
नेपालबहस संवाददाता
फागुन ६, २०७७ शुक्रबार १:३१:८
६ फागुन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए ।
“गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भने ।
दवाडीका अनुसार लोकसेवा तयारीका लागि रु तीन लाख बजेट छुट्याइएको छ । यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिए । महिला तथा बालबालिकाका लागि रु २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि रु एक÷एक लाख बजेट छुट्याइएको उनले बताए ।
गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिए । उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाई सञ्चालन गरिएको छ ।
उक्त गाउँपालिका वडा न ४ कि ३४ वर्षीय गीता कुँवरले तयारी कक्षाले परीक्षाका लागि आत्मविश्वास बढेको बताए। “मलाई पहिलेदेखि लोकसेवाको परीक्षा दिन मन थियो तर खासै अनुभव थिएन, अहिले आफ्नै गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेपछि पढ्ने उत्साह मिलेको छ ।” कुँवरले नासु र खरिदार दुवैका लागि परीक्षा दिने तयारी गरेको बताए । अधिकांश विवाहित महिलाको सहभागिता रहेको तयारी कक्षामा अध्ययन सामग्री र पुस्तक पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार