शुक्रबार , फागुण १४, २०७७

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया प्रारम्भ, आइपिओ जारी गर्ने तयारी

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया प्रारम्भ, आइपिओ जारी गर्ने तयारी

६ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षर भएको हो ।

सो अवसरमा संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी, डा खगेन्द्र जिसी र चिरञ्जीवी थापाले प्रबन्धपत्रमा हस्ताक्षर गरे । यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । रु १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रममा संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । कम्पनी दर्ताका लागि औपचारिकरुपमा मिलेको सहमतिले गैरआवासीय नेपालीलाई उत्साहित बनाएको उनको भनाइ थियो । नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको उनले बताए ।

कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकाले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्नसक्ने उनको भनाइ थियो । उनले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रहसमेत गरे । नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको भन्दै उहाँले यो शुरुआतले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए । संरक्षक लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे ।

नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्नसक्ने बताए । नेपालमा यति ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्नसक्ने उनको भनाइ थियो । यस्तै अध्यक्ष पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको एक महत्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको भन्दै उनले खुशी व्यक्त गरे । रु १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले बताए । यस्तै संस्थापककोतर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए ।

यस अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दामाथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतिक्षाको घडी अब समाप्त हुँदै गएको भन्दै उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आइपिओ जारी गरिने जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा १९ घण्टा पहिले
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर १९ घण्टा पहिले
ओलीको भविष्य अध्याँरो सुरूङमा: राजेन्द्र श्रेष्ठ ओलीको भविष्य अध्याँरो सुरूङमा: राजेन्द्र श्रेष्ठ १६ घण्टा पहिले
साताको अन्तिम दिन सुनको मूल्य तोलामा कति ? साताको अन्तिम दिन सुनको मूल्य तोलामा कति ? १८ घण्टा पहिले
दश महिनादेखि श्रीलङ्काका कारागारमा २६ नेपाली महिला दश महिनादेखि श्रीलङ्काका कारागारमा २६ नेपाली महिला २० घण्टा पहिले
१०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? २० घण्टा पहिले
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा १३ घण्टा पहिले
कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुन्छ : मन्त्री अर्याल १३ घण्टा पहिले
‘नो केन’ ‘उखु अभाव’ ले चिनी उद्योग क्षेत्र सुनसान ‘नो केन’ ‘उखु अभाव’ ले चिनी उद्योग क्षेत्र सुनसान ४ हप्ता पहिले
आगामी बुधबारदेखि वर्षा र हिमपातको सम्भावना आगामी बुधबारदेखि वर्षा र हिमपातको सम्भावना ३ हप्ता पहिले
ब्राजिल अमेरिकापछि कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिल अमेरिकापछि कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक १ हप्ता पहिले
१०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत् निर्माण हुँदै, लागत कति ? २० घण्टा पहिले
नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश संकटमा : महामन्त्री सिंह नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश संकटमा : महामन्त्री सिंह ४ दिन पहिले
प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला ७ दिन पहिले
आन्तरिक पर्यटकको रोजाईमा चम्पुजा, मञ्जुश्री उद्यान आन्तरिक पर्यटकको रोजाईमा चम्पुजा, मञ्जुश्री उद्यान ३ हप्ता पहिले
तास खेल्दै गरेको अवस्थामा सात जुवाडे पक्राउ तास खेल्दै गरेको अवस्थामा सात जुवाडे पक्राउ ३ हप्ता पहिले