बिहिबार , बैसाख २, २०७८

धनुषा पुगेका कांग्रेस नेता डा. कोइरालालाई कार्यकर्ताद्वारा भव्य स्वागत

धनुषा पुगेका कांग्रेस नेता डा. कोइरालालाई कार्यकर्ताद्वारा भव्य स्वागत

६ फागुन, धनुषा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई धनुषामा जिल्लाका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका छन् । धनुषा जिल्लाको सबैला नगरपालिका पुगेका नेता डा. कोइरालालाई फुलमालासहित शेखर आउ कांग्रेस बचाउ भन्दै स्वागत गरेका हुन ।

डा.कोइराला सवैला पुग्नु अगावै हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित स्थानीयवासी त्यहाँ पुगिसकेका थिए । लामो समय पछि कांग्रेसको नेतालाई स्वागत गर्न पाउँदा नेता तथा कार्यकर्ताहरु अत्यन्तै हर्षित मुद्रामा देखिन्थे । हामिले डा. शेखरको मुहारमा कता कता विश्वेश्वर बाबुको अनुहार देख्छौ उमेरले झण्डै ८० काटेका जस्ता देखिने एक स्थानीयले नेपालबहस डटकमसँग भने, अब कांग्रेसको एउटै आशा डा. शेखर मात्रै हुन । अबको कांग्रेस सभापति भनेकै डा. शेखर कोइराला हुन । उनको बोलीमा डा. शेखर कोइरालाप्रति उत्साह, भरोषा र आत्मबिश्वास झल्किन्थ्यो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आफ्नो अभिभावक गुमाएको बच्चाले अभिभावक भेट्टाएझै देखिएका कांग्रेस कार्यकर्ताको भावबिभोर हाँसोलाई नजिकैबाट नियालेका डा. कोइरालाले अब कांग्रेसका नेता तथा कार्यकर्तालाई अभिभावक बिहिनको अवस्थामा रहन नदिने सांकेतिक प्रतिउत्तर दिएका थिए । नेता डा. कोइरालाको आगमनले अहिले धनुषा कांग्रेस अत्यन्तै उत्साहित भएको देखिन्छ । नेपाली कांग्रेसका पुर्व सांसद डा शोभाकर पराजुलीद्वारा लिखित दुई कृति बिमोचन कार्यक्रममा सहभागि हुन डा शेखर कोईराला आजै जनकपुर पुगेका थिए ।

dhanusa 5

भेलामा उपस्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले बर्तमान ओली सरकारको विरुद्धमा चर्को नारावाजी समेत लगाएका थिए । केन्द्रमा कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहदा डा. कोइराला भने कांग्रेस सुदृढीकरणका लागि पुर्वि तराईका जिल्लाहरुको दौदाहामा रहेका छन् ।

dhanusa 2

dhanusa 1

dhanusa

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय