नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १६:७:४१
७ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुदे लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।
समायोजनपछि लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य २५ सय ५ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २७ सय ५५ थियो । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको थियो ।
त्यस्तै समायोजनपछि नेरुदे लघुवित्तको मूल्य १३ सय ६४ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १४ सय ७३ थियो । कम्पनीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको थियो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन ७ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । फागुन ६ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा बोलाएको छ । काल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ।
त्यस्तै नेरुदे लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।
कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन
नेरुदे लघुवित्त
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार