सोमबार , बैसाख ६, २०७८

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट

नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट

७ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ।शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय